वालेन्द्र शाह नेतृत्वकाे सरकारका नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
शुक्रबार शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई शपथ खुवाएका हुन् ।
प्रधानमन्त्री शाहले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।
उनले रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका थिए ।
गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित भएकी हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।