काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग र श्रम मन्त्री नियुक्त गरेका हुन् । रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएका हुन् । गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।