काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित भुग्देउ स्थित पाँगु भुग्देउ स्वास्थ्य चौकीले विद्यालयका किशोरिहरुलाई विद्यालयमा महिनावारी स्वच्छता सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका किशोरिहरुमा व्यक्तिगत सरसफाइ, स्वास्थ्य र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा महिनावारी स्वच्छता सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको हो । “महिनावारी लाज होइन प्राकृतिक प्रक्रिया हो, स्वस्थ्य किशोरी स्वस्थ्थ भविष्य” भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको बेथानचोक गाउँपालिकाले जनाएको छ ।
उक्त अभियानमा भुग्देउ स्वास्थ्य चौकीले वडा भित्रका विभिन्न विद्यालयहरुमा स्थलगतरुपमा नै उक्त अभियान चलाइएको थियो । अभियानमा सहभागि सबै विद्यार्थीहरुले उत्साहका साथ सहभागिता जनाएका थिए । 
कतिपय किशोरीले महिनावारी प्राकृतिक विषय भए पनि घर परिवार र समाजले त्यसलाई पचाउन नसकेको गुनासो गरेका थिए ।