काठमाडौं । सरकारले रिक्त राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनीतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतिका लागि सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ ३० गते गृहमन्त्री नियुक्त गरेकी थिइन् । उनी प्रधानमन्त्रीको विश्वास पात्र मानिन्छन् र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले उनीलाई माथिल्लो सदनमा पठाउने सुनिश्चित गरेको छ ।
अर्याल काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहको कानुनी सल्लाहकार पनि थिए । कानुन व्यवसायी उनी वर्तमान अन्तरिम सरकार गठनमा पनि सक्रिय छन् ।