काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि समुुदायमा आधारित पुनस्थापना कार्यक्रम (सीबीआर) को लागि प्रस्ताव आह्रावन गरेको छ । गाउँपालिकाले सोमबार एक सूूचना जारी गर्दै उक्त प्रस्ताव आह्रावन गरेको हो ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको शसर्त कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन हुने गरी समुुदायमा आधारित पुुनस्थापना कार्यक्रमका लागि तीन लाख रुपियाँ र बेथानचोक गाउँपालिकाबाट दुुई लाख रुपियाँ गरी पाँच लाख रुपियाँको बजेटबाट उक्त कार्यक्रम सञ्चालन हुुन लागेको हो ।
गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिका लागि समुुदायमा आधारित पुनस्थापना कार्यक्रम सञ्चालन कार्यविधिको दफा ८ को अधिनमा रही प्रस्ताव पेस गर्न गाउँपालिकाले जारी गरेको सूूचनामा उल्लेख गरेको छ । अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुको लागि कानुुनी र अपाङ्गता अधिकार सम्बन्धी वडास्तरीय तालिम, अपाङ्गता भएका व्यक्तिहरुको लागि सीप विकास तालिम, अपाङ्गता भएका व्यक्तिको लागि विउ पुँजी सहयोग, सहायक सामाग्री ह्लिचेयर, वैशाखी, सेतो छडी वितरण कार्यक्रम सञ्चालन गर्ने भनी बेथानचोक गाउँपालिकाको समुुदायमा आधारित पुुनस्थापना कार्यक्रम सञ्चालन गर्न लागेका गाउँपालिकाद्वारा जारी सुूचनामा उल्लेख गरिएको छ । 
योग्यता पुुरा भएका संस्थाहरुले तोकिएका कागजात संलग्न गरीे सूूचना प्रकाशन गरेको मितिले पन्ध्र दिनभित्र प्रस्ताव पेस गर्न सरोकारवाला सबैलाई गाउँपालिकाले सूूचना जारी गरी आह्रावन गरेको छ ।