काभ्रेपलान्चोक । बेथानचोका गाउँपालिकाले उत्कृष्ट महिला सहकारी संस्था छनौटका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको छ । गाउँपालिकाल विहीबार सूूचना जारी गर्दै बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको २०८२ फागुन २८ गतेको परिपत्र बमोजिम उत्कृष्ट महिला सहरकारी संस्था छनौट गरी पठाउन आग्रह गरेको छ ।
मन्त्रालयको चालुु आर्थिक वर्ष २०८२÷ ८३ को स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट महिला सहकारी संस्थालाई क्षमता विकास प्रोत्सान सहयोग कार्यक्रम कार्यान्वयनका लागि बेथानचोक गाउँपालिका भित्र सञ्चालन रहेको महिला सहकारी संस्थाहरुको उत्कृष्ट महिला सहकारी संस्था छनौट मापदण्डका अनुसार छनौट गर्न गाउँपालिकाले जारी गरेको सूूचनामा उल्लेख गरिएको छ ।
उत्कृष्ट महिला सहकारी छनौट गरी सामाजिक विकास कार्यालय धुलिखेलमा सिफारिस गरी पठाउनुुपर्ने भएकाले सोही मापदण्डको दफा ८ बमोजिम इच्छुुक महिला सहकारी संस्थाहरुले आगामी चैत १२ गतेभित्र प्रस्ताव पेस गर्न सूूचना जारी गरेको सूूचनमा उल्लेख गरिएको छ ।