विश्व मिर्गौला दिवसको अवसरमा नेपाल मेडिसिटीले मिर्गौला स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत मार्च १२ गतेका दिन नेफ्रोलोजी सेवामा निःशुल्क ओपीडी सेवा प्रदान गरिनेछ भने इमेजिङ तथा विभिन्न ल्याब परीक्षणहरूमा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।
मिर्गौला सम्बन्धी रोगहरूको समयमै पहिचान र उचित उपचारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो विशेष सुविधा उपलब्ध गराइएको हो । मिर्गौला सम्बन्धी समस्या, जोखिम वा नियमित स्वास्थ्य जाँच गर्न चाहने सेवाग्राहीहरूले यस अवसरमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुका साथै आवश्यक परीक्षणहरूमा छुट प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो समय मधुमेह, उच्च रक्तचाप तथा जीवनशैलीसँग सम्बन्धित कारणले मिर्गौला रोगका बिरामीहरूको संख्या बढ्दो अवस्थामा रहेकोले नियमित परीक्षण र सचेतना अत्यन्त आवश्यक रहेको चिकित्सकहरू बताउँछन् ।
नेपाल मेडिसिटीले भविष्यमा पनि यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रममार्फत समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा तथा जनस्वास्थ्य प्रवद्र्धनमा निरन्तर योगदान पु¥याउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।