काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भइसकेको बताएका छन् । इरानको सरकारी टेलिभिजनले पनि आयतुल्लाह अली खामेनेईको निधन भएको पुष्टि गरेको छ ।
सरकारी टेलिभिजनका प्रस्तोताले रोइरहेको अवस्थामै खामेनेईको मृत्युको घोषणा गर्दै देशभर ४० दिन शोक मनाइने जानकारी दिएका छन् । शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए ।
आइतबार बिहान सबेरै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा खामेनेईको मृत्युबारे दाबी गरेका थिए । ट्रम्पले लेखेका छन्, 'इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खामेनेई अब जीवित छैनन् ।'