काठमाडौं । गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको सार्वजनिक गरिएको छ । सुदुरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि गायक कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका माध्यमबाट देखाउन खोजेका छन् ।
जसमा महानायक राजेश हमाल, पूर्व मिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
राम अबिरल बिष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत रहेको छ । पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउसिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण बिकको अफिसियल च्यानलबाट बजारमा आएको हो ।
भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई उजागर गरेको छ ।