काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।
भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ। भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताए ।
निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताए । न्युनतम संख्यामै जान लागिएको उनको भनाई थियो । भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको उनले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ । एजेण्डाको बारेमा थप छलफल भइरहेको छ ।’ प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको उनले जानकारी दिए ।