विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँगको भेटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन–कुन विषयमा गर्ने भन्ने सम्बन्धमा छलफल गरिने उल्लेख गरे ।
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।” मुलुक अप्ठ्यारो अवस्था तथा चरम शंकटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनको भनाइ थियो । रासस