काठमाडौँ । विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलले प्रसाईंविरुद्ध परेका दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए । प्रसाईंले मंगलबार नै सो रकम बुझाएर रिहा भएका हुन् ।
उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध अर्को पनि उजुरी परेको थियो । ८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले प्रतिवेदन बुझाएको थियो ।