कटारी । कटारी नगरपालिकाको १३ औ नगरसभामा विवाद भएको छ । नगरपालिकाको आइतवार देखी सुरु भएको नगरसभामा छलेर गत आर्थिक बर्षको खर्च अनुमोदन गराउन खोजे पछि विवाद भयको हो । नगरपालिकाले गत आवमा आन्तरिक श्रोत लुकाएर नगरप्रमुखले मनोमानी गरेको बजेट कार्यपालिका बैठकले अनुमोद गराउन खोजेको भन्दै सभाका सदस्यहरुले प्रश्न गरेपछि विवाद सुरु भएको थियो ।
के हो विवादको कारण ?
कटारी नगरपालिकाको नगरसभामा विवादको खास कारण आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकामा प्राप्त चुनढुगां खानी तथा वन रोयल्टी बापत प्राप्त राजश्वको खर्च हो । अघिल्लो बर्षको नगरसभामा यो शिर्षकको अनुमान नगरेकोले विचमा प्राप्त आम्दानीलाई कार्यपालिकामा जानकारी नगराई टिप्पणि आदेशका भरमा खर्च गरेकोले कार्यपालिका सदस्यहरुले यस विषयमा विरोध जनाएको नगर उपप्रमुख गिता खड्काले बताउनुभयो ।
’आव २०८०। ८१ को बजेट नगरसभाबाट पारित भै योजनाहरु संञ्चालन भैरहेको अवस्थामा नगरसभाले अनुमान गरेको राजश्व भन्दा फरक शिर्षकबाट ( वन रोयल्टि र खनिज तथा खानी रोयल्टी ) वापत प्राप्तरु एक करोड छयहत्तर लाख अन्ठाउन्न हजार प्राप्त भएको मा सो वजेट कार्यपालिका बैठक, नगरसभा मा प्रस्तुत नगरी २०८१ वैशाख १० गते नगरपालिकाको योजना शाखाका सव इन्जिनियर ओम बहादुर मिश्रले टिप्पणि उठाएको प्रमुख प्रशासकिय अधिकृतले निर्णायार्थ पेश गरेको र नगरप्रमुखले सदर गरी कार्यान्न्वयन गरेको देखियो’ उपमेयर खडकाले भन्नुभयो ।
उक्त कार्य स्थानिय सरकार संञ्चालन ऐन २०७४ विपरित भएको कार्यपालिका सदश्य तथा वडा नं २ का वडा अध्यक्ष प्रेम थापाको भनाई छ। यो विषय घुमाउरो पारामा सभा बाट पास गराउन खोजे पछि नगर सभा विथोलिएको हो ।
वडा नम्बर ११ का वडा अध्यक्ष अनन्त हायुका अनुसार कार्यपालिका बैठकमै यो विषय अनुमोदन नगर्ने निर्णय भएको थियो । तर सभामा हायुले भने –“घुमाउरो पारमा जस्केला बाट यो विषय अनुमोदन गराउने प्रयास गरियो भन्दै हायुले सुरुमा हामी सबै अन्यौलमा पर्यो पछि यो १ करोड ७६ लाख ५८ हजार समेत सम्पुर्ण खर्च अनुमोदन गर्ने शिर्षकमा ल्यायको हो भनि सभाका सदस्यहरुले प्रश्न उठाएपछि नगर प्रमुखले जवाफ नै नदिई निर्णयनै नलेखी सभा सम्पन्न भएको घोषणा गर्ने ।’
सभामा उठेका प्रश्नको जवाफनै नदिई सभामा कुनै पनि विषयमा दफावार छलफल नगरी सभा सकिएको भन्दै प्रमुख प्रशासकिय अधिकृत सम्पर्क विहिन भएपछि नगर प्रमुखले सोमबार ९ बजे बस्ने गरि स्थगित गरेको सभाका एक सदस्यले बताए ।
आईतबार विवाद भएपछि सोमबार नगरसभालाई निरन्तरता दिने सहमति भएको भएपनि सोमबार सभामा प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुख राजेश चन्द्र श्रेष्ठ अनुपस्थित भएपछि सभा के गर्ने ? भन्नेमा अन्यौल भयो , नगर प्रमुखले समेत उपस्थित जनाउन नमाने पछि नगरपालिकाको उपप्रमुखको उपस्थितिमा बहुमत कार्यपालिका सदस्यहरुले माइन्युट गरि आव २०८१/८२ को निति तथा कार्यक्रम तथा बजेट पास गरेको कार्यपालिका सदस्य तथा वडा नं १४ का वडा अध्यक्ष अम्बर खुलालले बताए ।
उनले भने ’हामिले उपस्थितिमा मात्र हस्ताक्षर गरेका थियौ त्यो बैठक पुस्तिका पनि उपलब्ध नभएपछि नगरसभालाई पुर्णता दिन हामीले सोमबार सभालाई निरन्तरता दिदै कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैया अनुमानित बजेट, निति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१ पास गर्ने साथै टिप्पणि आदेश बाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार हाललाई पास नगर्ने सहिर्त निर्णय गर्दै नगरसभालाई पुर्णता दिएका छौ भने नगरप्रमुख समेत उपस्थित नभएकाले कार्यन्वयनका लागि नगर प्रमुखलाई अनुरोध गरेका छौ ।’
स्थानीय सरकार संचालन ऐन अनुसार असार १० गते नगर सभा सम्पन्न गरिसक्नु पर्नेमा अहिले सम्म विवाद रहित सभा सम्पन्न गर्न नसकेको भन्दै स्थानिय सरकारको सामाजिक संजालमा चौतर्फी आलोचना भईरहेको छ ।