ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले युवा श्रमशक्तिलाई सिपसङ्ग जोड्ने र सीपलाई रोजगारसङ्ग जोड्ने नीति कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
गाउँपालिकामा रहेका युवा श्रमशक्तिलाई सिपसङ्ग जोड्ने र सीपलाई रोजगारसङ्ग जोड्ने गाउँपालिकाको लक्ष्य अनुसार गत बिहीबार गाउँपालिकाले सरोकारवालालाई सीपमूलक तालिम सम्बन्धी अभिमुखीकरण गराएको हो ।
गाउँपालिकाको सभाहलमा नेपाल यूथ फाउण्डेसन र रोजगार सेवा केन्द्रको संयुक्त आयोजनामा निःशुल्क सीपमुलक तालिम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि युवा श्रम शक्तिलाई सीपसँग जोड्ने नीति बनाएको छ । सोही नीति कार्यान्वयन गर्ने उद्देश्यले गाउँपालिकाले युवाहरुलाई अभिमुखिकरण गराएको गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए । उनका अनुसार गाउँपालिका भित्रै स्थानीय युवालाई सीप सिकाएर रोजगार बनाउने योजना अनुसार अभिमुखिकरण कार्यक्रम गरिएको हो ।